सोमबार, जेठ ६, २०८२

सैनिक भरतको हत्या विश्वासिला सहकर्मीबाटै!

चितवनमा बैना गरिएको जग्गा पास त्यहाँ पुगेका गुरुङलाई ढकालले गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार ढकाल भरतका विश्वासिलो साथी भएको प्रहरीले जनाएको छ।भरतको बैंकको चेकसमेत गंगाधरले नै राख्ने गरेको प्रहरीको भनाइ छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

चितवन- चितवनको शारदानगरमा मृत अवस्थामा भेटिएका सेनाका हुद्दा भरत गुरुङको हत्या आरोपमा नेपाली सेनाकै जवानकै जवान पक्राउ परेका छन्। काठमाडौंबाट मृतक भरत गुरुङसँगै चितवन आएका सेनाका जवान गंगाधर ढकाल पक्राउ परेका हुन्। 

चितवनमा बैना गरिएको जग्गा पास त्यहाँ पुगेका गुरुङलाई ढकालले गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार ढकाल भरतका विश्वासिलो साथी भएको प्रहरीले जनाएको छ।भरतको बैंकको चेकसमेत गंगाधरले नै राख्ने गरेको प्रहरीको भनाइ छ।

भरतको हस्ताक्षर सजिलो भएकाले विना जानकारी आफैले पैसा निकालेको उनले बयानमा उल्लेख गरेका छन्। भरतले जग्गा किन्नका लागि जम्मा गरेर राखेको रकम गंगाधरले आफैँले झिकेर घरमा लगेर राखेका थिए।

साउन २ गते गंगाधरले भरतको खाता रहेको ग्लोबल आइएमई बैंकबाट भरतको हस्ताक्षर आफैँ गरी ९ लाख रुपैयाँ निकालेका थिए। गंगाधरले बैंकबाट आफैले पैसा निकालेको प्रहरी समक्ष बयानसमेत दिइसकेका छन्। 

भरतको हस्ताक्षर सजिलो भएकाले विना जानकारी आफैले पैसा निकालेको उनले बयानमा उल्लेख गरेका छन्। भरतले जग्गा किन्नका लागि जम्मा गरेर राखेको रकम गंगाधरले आफैँले झिकेर घरमा लगेर राखेका थिए।

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्र दल गणमा कार्यरत भरतले साउन ५ गते चितवन जान बिदा लिई गंगाधरलाई बोलाएका थिए। उनीहरु दुवै जना भरतकै मोटरसाइकलमा चितवन गई होटलमा बसेका थिए।

प्रहरीका अनुसार टाउकोमा गोली हानिसकेपछि भरत लडे। गंगाधरले भरतको मृत्यु भएपछि उनलाई त्यहीँ फालेर आफू हिडे।

होटलमा बस्दा दुवैले अत्यधिक मदिरा सेवन गरेको पाइएकको चितवन प्रहरीले जनाएको छ। बिहान ५ बजे चितवन शारदानगर पुगेपछि गंगाधरले पिसाब फेर्ने भन्दै मोटरसाइकल रोकेका थिए। भरत फर्किएर आई मोटरसाइकलमा बस्दा गंगाधरले झोलामा रहेको हतियार एसएमजी झिकेर भरतको टाउकोमा बजारेका थिए।

प्रहरीका अनुसार टाउकोमा गोली हानिसकेपछि भरत लडे। गंगाधरले भरतको मृत्यु भएपछि उनलाई त्यहीँ फालेर आफू हिडे। गंगाधरले जुता कपडा र मोटरसाइकलमा लागेको रगत केही पर गई खोलामा पखालेको प्रहरीले बताएको छ। पछि गंगाधरले हतियार झाडीमा फालेर आफन्तसँग मोटरसाइकल साटेका थिए। प्रहरीले बिहीबार चितवनको भरतपुर–२० चनौलीबाटबाट पक्राउ गरेको थियो।

प्रहरील गंगाधरबाट एक थान गोलीको खोका एसएमजी हतियार एक थान र ८ लाख नगद रुपैयाँ समेत बरामद गरेको छ। भरत गुरुङ धादिङको निलकण्ठ नगरपालिका-१३ का हुन्। उनी गत पुसमा शान्ति सेनाको मिसनमा लेबनानबाट फर्किएका थिए। 

पक्राउ परेका ढकाललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। 

प्रकाशित: Jul 23, 2021| 12:40 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।