काठमाडौं- सरकारले काठमाडौंमा गत सोमबारदेखि कोरोना भाइरसको खोप अभियान थालेको छ। ५० वर्षमाथि उमेर समूहलाई खोप अभियान थालिए पनि खोप लगाउने संख्या न्यून रहेपछि पछिल्लो समय १८ वर्ष उमेर समूह भन्दा माथिकालाई समेत खोप लगाउन थालिएको छ। बिहीबार काठमाडौं जिल्लाअन्तरगत विभिन्न स्थानीय तह गरी २७ वटा खोपकेन्द्रहरूमा जोनसोनको खोप लगाइने भएको छ।
जसअन्तरगत तारकेश्वर नगरपालिकामा तीन वटा खाचेप केन्द्र रहेका छन्। धर्मस्थली स्वास्थ्य चौकी, मनमैजु स्वास्थ्य चौकी र गोलढुंगा स्वास्थ्य चौकीमा बिहीबार खोप लगाइने छ।
त्यस्तै कीर्तिपुर नगरपालिकामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा र विष्णु देवी अस्पतालमा खोप लगाउने कार्यक्रम रहेको छ। त्यस्तै गोकर्णेश्वर नगरपालिकामा नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालमा, टोखा नगरपालिका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल नेपाल अस्पताल रप्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउने कार्यक्रम रहेको छ।
त्यस्तै नागार्जुन नगरपालिकाअन्तरगत रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, इचंगुनारायण स्वास्थ्य चौकी र स्युचाटार स्वास्थ्य चौकीमा खोप लगाइने छ।
त्यस्तै चन्दागिरि नगरपालिकामा प्राथमिक स्वास्थ्य अस्पताल, शसस्त्र प्रहरी अस्पताल र सतुंगल स्वास्थय चौकीमा खोप लगाइने छ। त्यस्तै शंखरापुर नगरपालिकाको लप्सीफेदी स्वास्थ्य चौकी, सँखु स्वास्थ्य चौकी र इन्द्रेणी नगर अस्पतालमा खोप कार्यक्रम रहेको छ। त्यस्तै दक्षिणकाली नगरपालिकाको शेष नारायण स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र छैमले स्वास्थ्य चौकीमा खोप लगाइने भएको छ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा बुढानीलकण्ठ स्वास्थ्य चौकी, र करुणा अस्पतालमा खोप लगाइने छ। त्यस्तै कागेश्वरी नगरपालिकाअन्तरगत मूलपानी नगर अस्पताल, बालपोट स्वास्थ्यचौकी र गोठाटार स्वास्थ्यचौकीमा खोप लगाइने भएको हो।
यी खोप केन्द्रहरूमा जोनसोन खोप लगाइने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ कार्यालय काठमाडौंले जानकारी दिएको छ।