शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

प्रधानमन्त्री शेरबहादुर देउवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध भएका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध भएका छन्। नेकपाका महासचिव विप्लवसँग प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा देउवाले यस्तो प्रतिबद्धता जनाएको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपाल समयलाई जानकारी दिए।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बास्तोलाले भने, ‘यसअघिको ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र जेलमा रहेका कार्यकर्ता रिहाइका विषयमा कुराकानी भएको हो। हामीले सहमति कार्यान्वयनबारे ध्यानाकर्षण गराएका छौं।’ प्रधानमन्त्री देउवाले अन्य दलका नेताहरूसँग पनि छलफल गरेर सहमति कार्यान्वयन गर्ने आश्वासन दिएको नेता बास्तोलाले बताए।

प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै बास्तोलाले भने, ‘ओलीजी लगायत सबै दलका नेतासँग छलफल गरेर सहमति कार्यान्वयन हुनेछ।’

प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै बास्तोलाले भने, ‘ओलीजी लगायत सबै दलका नेतासँग छलफल गरेर सहमति कार्यान्वयन हुनेछ।’ प्रधानमन्त्री र नेकपाका नेताबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो। विप्लव नेतृत्वको नेकपा र तत्कालीन ओली सरकारबीच २०७७ फागुन २१ गते तीनबुँदे सहमति भएको थियो। सहमतिअनुसार विभिन्न मुद्दामा जेलमा रहेका कार्यकर्ता थुनामुक्त हुनुपर्ने थियो। 

विप्वलका १३० भन्दा बढी नेताकार्यकर्ता थुनामा छन्। सरकारसँग सहमति भएको लामो समयसम्म मौन रहँदै आएका महासचिव विप्लवले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि अन्य दलका नेताहरू भेट गर्न थालेका हुन्। यस क्रममा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, संघीय समाजवादीका नेता बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका नेतासँग भेट गरेका छन्। वामपन्थी दलहरूसँगको भेटमा बृहत् कम्युनिस्ट एकता लागि पनि विप्लवले छलफल अगाडि बढाउँदै आएका छन्।  

राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव, यस्ता छन् नेताहरूसँग भेटवार्ता बढाउनुका तीन कारण

 

प्रकाशित: Jul 21, 2021| 16:54 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।