काठमाडौं। नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
कम्पनीले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गरेको हो। नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो।
यो क्याम्प वैशाख १०, ११ र १२ गते (अप्रिल २३, २४, र २५)मा देशव्यापी रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ। यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन हुनेछ।
‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्ने छन्। यी सुविधाहरूअन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्ने छन्। साथै जुनसुकै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन।
त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् भने १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्ने छन्। ग्राहकहरू ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’ र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्ने छन्।
यस क्याम्पअन्तर्गतका सुविधामा केही सर्तहरू लागू हुने कम्पनीले बताएको छ। यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास कम्पनीले राखेको छ।