काठमाडौं। विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाइलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याइएको छ।
जससँगै संगठित पाईलटहरु पाइलटको व्यावसायिकता अभिवृद्धि तथा जनचेतनाको विकासका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक भाव ल्याउन थप अग्रसर देखिएका हुन्।
यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाईलट समिट, स्काइवेल पाइलट समिट २०२५ आयोजना हुँदै छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्री बद्री प्रसाद पाण्डे ज्युको प्रमुख आथित्यता रहने छ। जसका लागि टाईटल स्पोनसरको रुपमा स्काइवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको हो।
टाइटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि। मोटर्स प्रा। लि। का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशिल पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी ब्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काइवेल दुवैको उद्देश्यमा मेल खाने भएकाले यो सहकार्य सम्भव भएको बताए।
यहाँ स्मरणीय छ स्काइवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाइड इलेक्ट्रिक इभी हो। यसले चाइना एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ् प्राप्त गरेको छ।
फाइभ स्टार एनक्याप सेफ्टी रेटिङ् को सबैभन्दा उच्चतम मापदण्ड हो। नेपालकै पहिलो पाइलट समिटको टाइटल स्पोनसरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाइलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रुपमा चिनिने छ।
सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काइवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए।
यस समिटको अवसर पारेर पाइट एसोसिएसनको औपचारिक शुभारम्भ घोषणा समेत गरिने छ। यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा ब्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको वार्षिक क्यालेण्डरसमेत सार्वजनिक गरिने छ ।