सोमबार, असार ९, २०८२

कस्तुरीको विनासहित ललितपुरबाट २ जना पक्राउ

पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका-४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन्।  
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

ललितपुर- ललितपुर गोदावरी नगरपालिका-१४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका-४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन्।  

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको ब्यूरोले जनाएको छ। 

प्रकाशित: Jul 13, 2021| 12:53 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।