काठमाडौं। थकाली माैलिक खाना प्रवर्द्धन गर्ने उद्देश्यले 'थकाली भान्छाघर संघ नेपाल'को एप र वेबसाइट सार्वजनिक गरिएको छ।
स्पेसल मौलिक थकाली खानाको विकास र संरक्षण गर्ने उद्देश्यले स्थापना भएको 'थकाली भान्छाघर संघ नेपाल'ले शुक्रबार काठमाडौंको बालाजु विनायक बस्तीस्थित थकाली सेवा समिति केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित कार्यक्रमबीच आफ्नो एप र वेबसाइट सार्वजनिक गरेको हो।
थकाली सेवा समिति केन्द्रका अध्यक्ष गजेन्द्र तुलाचनले एप र वेबसाइट सार्वजनिक गरे। शुक्रबारदेखि सञ्चालनमा आएको संघको एप डाउनलोड गरी लगइन गरेपछि मौलिक थकाली खाना पारखीका लागि आवश्यक थकाली रेस्टुरेन्टका ’boutमा सजिलै सम्पूर्ण जानकारी पाउन सकिन्छ।
संघका संस्थापक अध्यक्ष विवेक तुलाचनले थकाली जातिको मौलिक एवं वास्तविक थकाली खानाका परिकार हो भन्दै अन्य व्यवसायीले समेत थकाली भान्छा घरको ब्राण्ड बेचेर उपभोक्ता झुक्याउने काम नगर्न आग्रह गर्दै संघले स्पेसल थकाली खानाको प्रवर्द्धन र विस्तार गर्ने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए।
उनले हाल यस संघमा काठमाडौं र ललितपुर जिल्लाका ६७ जना व्यवसायी सदस्य रहेको बताएका थिए। अझै देशैभर संगठित हुने क्रम जारी रहेको जानकारी गराए।
उनले सार्वजनिक एप र वेबसाइटबाट उपभोक्ताले सहजै आफूलाई आवश्यक थकाली भान्छा घर तथा थकाली रेस्टुरेन्टका ’boutमा सम्पूर्ण जानकारी पाइने भएकाले यो एप र वेबसाइट निकै उपयोगी हुने बताए।
यसैगरी, अध्यक्ष तुलाचनले यस संघबाट थकाली खाना शुद्धीकरणका लागि बजार अनुगमन तथा नियमनको कामसमेत गर्दै जाने बताए।
पछिल्लो समय थकाली भान्छा घरको नाममा अधिक मात्रामा थकाली भान्छा घर खुल्दै आएको छ। जसका कारण थकाली परम्पराको मौलिक खानाको स्वाद मेटिँदै जाने संकेत देखिएको छ।