काठमाडौं। जल तथा मौसम महाशाखाले काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा आज पानी पर्ने पूर्वानुमान गरेको छ। पानी परेसँगै तुँवालो पनि क्रमिक रुपमा हट्नेछ।
अहिले काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ। आज मध्याह्नका साथै अपराह्न र राती पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए।
महाशाखाका अनुसार आज कोसी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा एवं हिमपात पनि हुन सक्नेछ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।