मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संक्रमण जितेका एम्बुलेन्स चालक भन्छन्- प्राण बचाउँदाको खुसी किन्न कहाँ पाइन्छ र?

संक्रमण जितेका एम्बुलेन्स चालक भन्छन्- प्राण बचाउँदाको खुसी किन्न कहाँ पाइन्छ र?

उनी फेरि ह्याम्सबाट ट्रमा र ट्रमाबाट संक्रमित बोकेर कलंकी हुँइकिए। कलंकी नपुग्दै उनलाई फेरि फोन आयो, एम्बुलेन्स साइरनको गतिसँगै उनी पाटन अस्पताल हानिए। यतिबेला भ्याइनभ्याई छ, नेपाल एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवाका चालक आत्माराम फुँयाललाई।
 |  मंगलबार, जेठ ११, २०७८

अंगद सिंह

अंगद सिंह

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- 'अफिसको गेट भित्र छिर्नेबेला मोबाइलको घण्टी बज्यो। नयाँ केस आएको छ, तुरुन्त आउनु पर्‍यो। संक्रमितलाई ह्याम्स अस्पताल पुर्‍याउनु छ,' लोकेसन दिँदै हस्याङफस्याङ गर्दै हतारहतार ती व्यक्तिले फोनमा भने।

उनी पिपिई सेट भिरेर एम्बुलेन्स लिएर लोकेसनतर्फ दौडिए। एम्बुलेन्स हुइँकाएका उनलाई बाटोमा जाँदाजाँदै पनि आत्तिएका संक्रमितका आफन्तले फोन गरेर छिटो आउन बिन्ति गरिरहे।

'ए हजर कुदाउँदै छु, आइपुग्न लागेँ' भन्दै फोन राखे।

ती संंक्रमितलाई ह्याम्स अस्पताल पुग्न नपाउँदै अर्को केस आयो। ट्रमा सेन्टरमा रहेको कोरोना संंक्रमितलाई आइसियू चाहिने भयो, कलंकी नेसनल हस्पिटल पुर्‍याउनु पर्ने भयो।

उनी फेरि ह्याम्सबाट ट्रमा र ट्रमाबाट संक्रमित बोकेर कलंकी हुँइकिए। कलंकी नपुग्दै उनलाई फेरि फोन आयो, एम्बुलेन्स साइरनको गतिसँगै उनी पाटन अस्पताल हानिए। यतिबेला भ्याइनभ्याई छ, नेपाल एम्बुलेन्स सेवाका चालक आत्माराम फुँयाललाई।

000

बिहान ६ बजेदेखि १० बजेसम्म ६-७ ट्रिप एम्बुलेन्स कुदाइसक्छन् आत्माराम। काठमाडौँ उपत्यकालाई २५-३० फन्का लगाउनु उनको दैनिकी बन्न थालिसकेको छ। 

भक्तपुर चागुनारायण नगरपालिका–७ का फुँयाललाई कोरोना संक्रमित बोक्दाबोक्ला फुर्सद छैन। 'जति सकिन्छ, संक्रमितको ज्यान बचाउछु' भन्दै उनी निरन्तर कुदिरहेका छन्,
आफ्नो स्वास्थ्यको कुनै पर्वाह नगरी।

११ वर्षयता नेपाल एम्बुलेन्स सेवा १०१ मा चालकको काम गरिरहेका उनलाई संक्रमित बोक्दाबोक्दै कतिबेला कोरोना संक्रमण हुने हो उनैलाई पनि पत्तो थिएन। डर त थियो तर उनले एम्बुलेन्स सेवा दिन छोडेनन्। दिनरात, घामपानी र भोकतिर्खा नभनी संक्रमितलाई सहयोग गर्न निरन्तर काठमाडौंका उपत्यका र अस्पतालमा फन्का मार्ने आत्माराम आफै संक्रमित भए।

'हामी मनवचनले कर्तव्य पूरा गरिरहेका छौं। तर सरकार लास गनेर बसिरहेको छ,' चालक आत्मराम भन्छन्, ‘बेड र अक्सिजनको अभावमा बिरामीले घण्टौँ कुर्नुपर्छ। कोही त कुर्दाकुर्दै अस्ताउँछन्। साह्रै दुःख लाग्छ।’

केही दिनअघि ज्वरो आउने, शरीर दुख्न, गल्ने समस्या देखिएपछि उनले आफूलाई कोरोना संक्रमण भएको शंका गरे। वैशाख २७ गते  कोरोना परीक्षण गराएका उनको रिपोर्ट 'पोजेटिभ' आयो।

‘संक्रमित बोक्दाबोक्दै संक्रमित भएँ तर कुनै पछुतो छैन, संक्रमण भएपनि निको भएपछि फेरि काममा फर्किने वाचाका साथ लागेको छु,’ उनले भने। संक्रमित भएपछि आत्माराम १४ दिन कीर्तिपुरस्थित आर्युवेदिक अस्पतालको आइसोलेसनमा बसे। १४ दिनपछि कोरोना जितेर उनी जेठ १० मा पुनः काममा फर्किएका हुन्।

000

शुरुमा संक्रमितलाई बोक्न निकै डर लाग्थ्यो फुयाललाई। तर संक्रमितका आफन्तले भावुक स्वरमा संक्रमितलाई बचाइदिन याचना गर्दा मन थामिँदैनथ्यो। उनी डरलाई काबुमा राख्दै हुइँकिन्थे।

‘शूरुमा निकै डर लाग्थ्यो, अहिले त धर्म, कर्तव्य र सेवा सम्झेर आत्मबल उच्च बनाई संक्रमितको ज्यान बचाउन लागेका छौं,’ उनी भन्छन्। उनलाई लाग्छ, 'काममा किन दुःखमनाउ गर्नु? पेसा नै बिरामी बोक्ने हो, किन गुनासो गर्नु?'

सहकर्मीहरूका साथमा आत्माराम। 

कोरोना संक्रमणको पहिलो लहर भन्दा दोस्रो लहर निकै कडा रहेको फुयालको अनुभव छ। ‘एम्बुलेन्स चालकको काम नै एम्बुलेन्स चलाउने हो। संक्रमितको प्राण बचाउँदाको खुसी कहाँ किन्न पाइन्छ र!,’उनले नेपाल समयसँग भने।

000

कोरोना संक्रमित बोक्दाबोक्दै आफै संक्रमित भएकोमा पनि कुनै गुनासो छैन आत्मारामलाई। गुनासो छ त केवल बेड र अक्सिजनको अभावमा बिरामीले छट्पटाउनु पर्दा टुलुटुलु हेरेर बसेको सरकारसँग।

'हामी मनवचनले कर्तव्य पूरा गरिरहेका छौं। तर सरकार लास गनेर बसिरहेको छ,' चालक आत्मराम भन्छन्, ‘बेड र अक्सिजनको अभावमा बिरामीले घण्टौँ कुर्नुपर्छ। कोही त कुर्दाकुर्दै अस्ताउँछन्। साह्रै दुःख लाग्छ।’

बेड र अक्सिजनको अभाव हुँदा संक्रमितले एउटै अस्पतालमा चार–पाँच घण्टा कुर्नुपरेको उनी गुनासो गर्छन्। एम्बुलेन्स चालकलाई कुर्न गाह्रो नहुने भएपनि बिरामीलाई भने निकै समस्या पर्ने उनको भनाइ छ।

000

दैनिक १०–१२ घण्टा एम्बुलेन्स चलाएर काठमाडौँका ठाउँठाउँमा पुगिरहन्छन् आत्माराम। समयमा खान पाइँदैन, घर जान पाइँदैन।

कतिपय संक्रमितको एम्बुलेन्समै प्राण जान्छ। यस्ता दृश्यले उनलाई भावविह्वल बनाउँछ। 'एक मिनेट पनि छिटो पुगेको, भए बाच्थे कि! अस्पतालमा बेड र अक्सिजन भए मर्नुपर्ने थिएन कि!' यस्तै सोच्छन् आत्मराम।

'आफूले बोकेका संक्रमित चाडौं निको भई घर फर्किउन् र एम्बुलेन्समा कसैले ज्यान गुमाउनु नपरोस्' यति मात्रै पुकार हुन्छ उनको। तर, कहिलेकाहीँ उनका पुकार खेर गइदिन्छन्।
‘आफनै आँखा अगाडि कत्तिको ज्यान जान्छ, कति सासको आशमा भड्किरहेका हुन्छन्। उनीहरुको हालत देख्दा त आँखा रसाउँछ,’ उनी भन्छन्।

कोरोनाबाट भर्खरका नौजवानले सधैंका लागि आँखा चिम्लिँदा निकै कष्ट हुन्छ उनलाई।

कयौँ युवाले उनकै अगाडि सधैंका लागि संसार छाडेका छन्। भन्छन्, 'कलिला जीवन जाँदा त मन कुँडिन्छ।’

000

उनी गर्भका साथ भन्छन्,‘म एम्बुलेन्स चालकका साथै कसैको प्राण रक्षक पनि हुँ।’ जिम्मेवारी कर्तव्यले बाँधिएका उनी चाहेर पनि एम्बुलेन्स छाड्न सक्दैनन्।
'सेवा नै धर्म हो। अब यही एम्बुलेन्स कुदाएर सेवा गर्छु,' उनको प्रण छ।

चालक आत्मरामसँगा तीन प्रश्न छन्, जसले उलाई दैडिन प्रेरित गरिरहन्छ। 'मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? यहाँ नगरे कहाँ गर्ने?'

‘स्वास्थ्यकर्मी र चालकले धेरैको घरमा दियो निभ्न दिएको छैन। हामी अन्तिम समयसम्म बचाउन तयार छौं,' उनी भन्छन, ‘यो  चालक र स्वास्थ्यकर्मीका लागि गर्वको कुरा हो।’

संक्रमित र अस्पतालको तारन्तार फोन आइरहन्छ उनलाई। संक्रमितलाई अस्पताल ल्याउनुपर्ने, कसैलाई एक अस्पतालबाट अर्को अस्पताल सार्नुपर्ने यस्ता यस्तै काममा दिनरात व्यस्त रहन्छन् आत्माराम।

000

उनको चाहना सबै ठाउँ पुगौंं भन्ने हुन्छ तर कतिपय ठाउँमा भनेकै समयमा पुग्न सकिन्न। जसको कारण आफन्त निराश हुनुका साथै चालकलाई नराम्रोसँग गाली पनि गर्छन्। तैपनि उनीहरू शोकमा रहेको जानेर नरिसाइकन सम्झाउने प्रयास गर्छन्। कतिले एम्बुलेन्स चालकको बाध्यता बुझिदिन्छन् कतिले बुझ्ने प्रयासै गर्दैनन्। 'सबै मान्छे उस्तै हुँदैनन्,' उनले भने। 

चालक आत्मरामसँगा तीन प्रश्न छन्, जसले उलाई दैडिन प्रेरित गरिरहन्छ। 'मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? यहाँ नगरे कहाँ गर्ने?' उनको मनले सधैँ यस्ता यस्तै प्रश्न गरिरहन्छ उनैलाई। आफ्नै मनले गरेका यीनै प्रश्नलाई शान्त बनाउन डर त्रासलाई आफैँभित्र दबाएर हुइँकिन्छन्, दिलो ज्यानसहित संक्रमितको प्राण रक्षाका लागि।

'स्वास्थ्यकर्मी र चालकले नै हिम्मत हार्ने हो भने अरुको अवस्था के होला? कसरी महामारी नियन्त्रण गर्न सकिन्छ?,' आत्मराम भन्छन्, ‘उच्च मनोबलका साथ सेवा र सबै बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झी काम गर्नुपर्छ।’

सर्वसाधारणको हेलचक्र्याईका कारण पनि कोरोना समुदायस्तरमा फैलिएको उनको ठहर छ। ‘महामारी नियन्त्रणमा न सरकार संवेदनशील बन्यो, न आमनागरिक नै। फुयाँल आग्रह छ, ‘आफू र आफन्तको माया छ भने स्वास्थ्य मापदण्ड पालना गरौं।’

000

बिहान ६ बजेदेखि लगाएको पिपिई सेट र मास्क १२ घण्टासम्म खोल्न पाइँदैन। अरु भन्दा स्वास्थ्यकर्मी र चालकलाई बढी जोखिम छ। तर जोखिमबाट पन्छिन नहुने उनको भनाई छ। स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकले हिम्मतका साथ महामारीको डटेर सामना गर्नुपर्ने उनी बताउँछन्।

'स्वास्थ्यकर्मी र चालकले नै हिम्मत हार्ने हो भने अरुको अवस्था के होला? कसरी महामारी नियन्त्रण गर्न सकिन्छ?,' आत्मराम भन्छन्, ‘उच्च मनोबलका साथ सेवा र सबै बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झी काम गर्नुपर्छ।’

घरपरिवारसँग भेटघाट त परको कुरा फोनससम्म गर्न फुर्सद हुन्न उनलाई। कोभिड देखिएर आइसोलेसनमा रहेको बेला उनले परीवारसँग धित मरुन्जेल फोन गरे।

000

फुयालको एम्बुलेन्स धेरै जसो अडिने ठाउँ हुन्, टेकु अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल। उनलाई रातदिनको मतलब नै हुन्न। सधै तम्तयार भएर बस्नु पर्छ। कसको फोन कतिबेला आउँछ पत्तो हुन्न।

निन्द्रा-भोक-प्यास भन्दा बिरामीको जीन्दगी ठूलो लाग्छ उनलाई। ‘खानापानी त एक छिनपछि फेरि खान पाइन्छ, तर मान्छेको प्राण गइहाल्यो भने सधैंका लागि जान्छ,' उनी भन्छन्।
एम्बुलेन्स  र स्वास्थ्यकर्मीको एक मिनेटमा धेरैको प्राण रहन सक्ने संभावना हुने चालक आत्मरामको अनुभव छ। 

‘एक मिनेटमा धेरैको जिन्दगी टिकेको हुन्छ, महामारीलाई स्वास्थ्यकर्मी र चालक मात्रै नभई सबै मिलेर पराजित गरौं, सबै मिलेर अगाडि बढौंं,' उनले भने। यति कुरा गर्दैगर्दा उनको मोबाइलमा फेरि घण्टी बज्यो। उनी संक्रमित लिन एम्बुलेन्समा चक्रपथतिर हुँइकिए।

प्रकाशित: May 25, 2021| 11:43 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।