सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एमालेका सांसदले जाेगाइदिए कर्णालीका मुख्यमन्त्रीकाे कुर्सी

एमालेका सांसदले जाेगाइदिए कर्णालीका मुख्यमन्त्रीकाे कुर्सी

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे हाे।
 |  शुक्रबार, वैशाख ३, २०७८

देव राना

देव राना

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत-  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे हाे।

शाहीका पक्षमा २२ र विपक्षमा १६ मत परेकाे थियो। मुख्यमन्त्रीलाई सत्तारूढ दल माओवादी, नेपाली काँग्रेस र एमालेका सांसद नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका हुन्। फ्लाेर क्रस गर्ने सबै एमालेको माधवकुमार समूहका नेता हुन्।

३९ सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १२,  काँग्रेसका ६, एमालेमा सभामुख राजबहादुर शाहीसहित २० र राप्रपाका १ जना सांसद छन्। मतदान प्रक्रियामा ३७ सांसद सहभागी भएका थिए।  

प्रदेश सभाकाे सबै भन्दा ठूलो दल एमालेले चैत ५ गतेबाट सरकारलाई दिएकाे समर्थन मुख्यमन्त्रीकाे पद धरापमा परेको थियो। एमालेले समर्थन फिर्ता लिएको २९ दिनपछि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिएरका हुन्।

विश्वासको मत पाएसँगै शाही नेतृत्वकै सरकारले निरन्तरता पाएको छ। यसअघि प्रतिपक्षमा रहेकाे कांग्रेस अब सरकारमा सहभागी हुने सम्भावना छ।

प्रदेशसभाको अर्को बैठक १० गते बस्ने भएको छ। 

प्रकाशित: Apr 16, 2021| 11:31 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।