बिहीबार, असार ५, २०८२

‘अब नेपाली सेनालाई ब्यारेकबाट  बोर्डरसम्म ’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्ता पक्षका एक सांसदले नेपाली सेनालाई ब्यारेकबाट बंकरसम्म मात्र नभइ ब्यारेकबाट बोर्डरसम्म लैजानुपर्ने अवस्था आएको बताएका छन्।

शुक्रबार संसद्‍मा  बजेट माथिको छलफलमा सहभागी  नेकपाका सांसद् यज्ञराज सुनुवारले यस्तो धारणा राखेका हुन्। सरकारले आफ्नो नीति कार्यक्रममा नेपाली सेनालाई ब्यारेकदेखि बंकर सम्म भन्‍ने कार्यक्रम ल्याएको छ। 

‘अब नेपाली सेनालाई ब्यारेकबाट बंकर सम्म होइन, ब्यारेकबाट बोर्डर सम्म लैजानुपर्छ,  शुक्रबार संसद्‌मा  बजेट माथिको छलफलमा भाग लिदै एमाले सांसद यज्ञराज सुनुवारले भने। उनले सिमा मिचिएको, पिलर सारिएको अवस्थामा सेनालाई ब्यारेकमा  थन्क्याउनु नहुने र त्यसको रक्षका लागि परिचालन गर्नुपर्नेमा जोड दिए। 

सुनुवारले बाटो विस्तारका नाममा जथाभावी सडक भत्काएकोले सबारी दुर्घटना बढेको समेत तथ्य पेश गरेका थिए। उनले यो आर्थिक बर्षमा ९ सय ५० सबारी दुर्घटना भएको र त्यसमा १० हजार ५ सय ३५ घाईते, तीन हजारले ज्यान गुमाएको बताए। सुनुवारले भने ‘माओवादी युद्धमा भन्दा सडक दुर्घटनामा दोब्बरले ज्यान गुमाउनु  परेको छ।' 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...