बिहीबार, जेठ १६, २०८२

रोनाल्डोको लेट गोल, जसले युभेन्टसलाई हारबाट जोगायाे

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गोल गरेपछि सिरी ए को साविक विजेता युभेन्टस हारबाट जोगिएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गोल गरेपछि सिरी ए को साविक विजेता युभेन्टस हारबाट जोगिएको छ।

टोरिनोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सुरुआती अग्रता बनाए पनि उसले अग्रता बचाउन सकेको थिएन।

खेलको १३ औं मिनेटमै फ्रेडरिको चिइसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर, २७ औं मिनेटमा टोरिनोको एन्टोनियो सनाब्रियाले गोल गरेपछि खेल बराबरीमा आयो।

दोस्रो हाफको पहिलो मिनेटमा सनाब्रियाले नै गोल गरेपछि युभेन्टस २–१ ले पछि परेको थियो। 

एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै क्लबको एक अंक रक्षा गरेका थिए। यससँगै खेलको नतिजा २–२ गोलको बराबरीमा टुंगियो।

यससँगै युभेन्टसले जारी लिगमा ५६ अंक जम्मा गरेको छ। ऊ शीर्षस्थानको इन्टर मिलानभन्दा १२ अंकले पछि छ।

इन्टर मिलानले गएरातिको खेलमा बालोग्नविरुद्ध साँघुरो जित निकालेको थियो। इन्टरका रोमेलु लुकाकुले निर्णायक गोल गरेपछि शीर्षस्थानको इन्टरले जित निकालेको हो।

प्रकाशित: Apr 04, 2021| 01:51 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।