आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सरकारले दिएको उपचार खर्च कांग्रेस नेता जोशीको परिवारले नलिने

सरकारले दिएको उपचार खर्च कांग्रेस नेता जोशीको परिवारले नलिने

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेको छ।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीको परिवारले सरकारले दिने रकम नलिने घोषणा गरेको हो।  

मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले गत बिहीबार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

‘सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो। त्यसका लागि धन्यवाद। तर परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ नलिने घोषणा गरेको छ,’ पाण्डेले भने, ‘उहाँको परिवारले विपन्न वर्गको उपचारका लागि भनेर वीर अस्पतालमा १० लाख रूपैयाँको कोष खडा गरेको छ। यस्तो अवस्थामा सरकारले दिएको रकम लिन शोभनीय देखिएन भन्ने उहाँको भनाइ छ।’ 

पाण्डेले जोशीको स्वास्थ्य अवस्था जटिल रहेको बताए। ‘चिकित्सकहरूले उपचार हुँदैछ ठिक हुन्छ, भन्नुभएको छ। तर, अहिलेसम्म क्लियर कुरा गर्नु भएको छैन,’ उनले भने, ‘अहिले उपचारका लागि बाहिर लाने अवस्था पनि छैन। बीचमा हामीले एकपटक लैजाने तयारी गरेका थियौं। तर, अस्पतालले अनुमति दिएन।’

प्रकाशित: Mar 21, 2021| 07:12 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।