बुधबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गएकी थिइन् प्रेमी भेट्न, बनाइन् सामूहिक बलात्कारकाे बनावटी घटना

गएकी थिइन् प्रेमी भेट्न, बनाइन् सामूहिक बलात्कारकाे बनावटी घटना

प्रहरी भन्छ, ‘घरबाट कलम किन्छु भन्दै हिँडेकी ती बालिकाले प्रेमी भेट्न गएको पाइएको छ। तर, धेरै ढिलो भएपछि घरपरिवार रिसाउने डरले सामूहिक बलात्कारमा परेको भन्दै झुटो बोलेकाे बालिकाले बयान दिएकी छन्।’ 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

प्रहरी भन्छ, ‘घरबाट कलम किन्छु भन्दै हिँडेकी ती बालिकाले प्रेमी भेट्न गएको पाइएको छ। तर, धेरै ढिलो भएपछि घरपरिवार रिसाउने डरले सामूहिक बलात्कारमा परेको भन्दै झुटो बोलेकाे बालिकाले बयान दिएकी छन्।’

धनगढी - कञ्चनपुरमा एक बालिकामाथि सामूहिक बलात्कार भएकाे घटना बनावटी भएकाे प्रहरीले जनाएकाे छ। 

पुनर्वास नगरपालिका-२ को मोतिवस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर १४ वर्षीया बालिकाले आफूलाई अपहरण गरेर तीनजना नचिनेको युवकहरूले जबर्जस्ती करणी गरेको दाबी झुटो रहेको पुष्टि भएको प्रहरीले जनाएको हाे।  

जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको खुलेको बताए।

‘घरबाट कलम किन्छु भन्दै हिँडेकी ती बालिकाले प्रेमी समेत रहेका आफूसँगै अध्ययनरत १६ वर्षीय किशोरलाई भेट्न गएको पाइएको छ,’ उनले भने, ‘तर धेरै ढिलो भएपछि घरपरिवार रिसाउने डरले सामूहिक बलात्कारमा परेको भन्दै झुटो बोलेकाे बयान दिएकी छन्।’ 

बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए। 

शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका तीनजना युवाको समूहले जबर्जस्तीकरणी गरेको समाचार बाहिर आएको थियो। 

प्रहरीले यसअघि बालिका कलम किन्न घरबाट करिब ४०० मिटरको दूरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको बताएको थियो।

प्रकाशित: Mar 14, 2021| 04:35 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।