काठमाडौं– पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा निधन भएको छ।
शुक्रबार अपराह्न २ बजेर १५ मिनेटमा शर्माको ओम अस्पताल काठमाडौंमा निधन भएको हो।
शर्माले सन् १९८४ देखि २०११ सम्म बीबीसी नेपाली सेवामा काम गरेका थिए।
त्यस्तै काठमाडौं पोस्ट, राइजिङ नेपाल, स्पट लाइटलगायत पत्रपत्रिकामा पनि काम गरिसकेका छन्।
शर्माले गर्ने टिप्पणी र अन्तर्वार्ता निकै रुचाइन्थ्यो। उनका श्रीमती र एक छोरा छन्।