मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रको स्थायी कमिटी र जसपा संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी र जसपा संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीले बैठक बोलाएको हो।

पार्टी संगठनका गतिविधि अघि बढाउने, सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ। 

सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिता प्रदान गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएका छन्।

३३ महिनापछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक बसेकाे हाे। नेकपामा रहँदा माओवादी केन्द्रका १९ जना स्थायी कमिटी सदस्य थिए। यीमध्ये रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी केपी ओली समूहमा लागेकाले बैठकमा उपस्थित छैनन्।

नेकपा हुँदा माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य बनेकाहरुको बैठक बाेलाइएकाे हाे। बैठकमा भाेलि बुधबार संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएकाे छ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि दुवै पार्टीले आफ्ना गतिविधि अघि बढाएका छन्।

उता, जसपा संसदीय दलको बैठक पनि सुरु भएको छ। पार्टी संसदीय दलको यो पहिलो बैठक हो। दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक बसेको थिएन। 

पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा प्रस्तुत हुने विषय र सरकार निर्माणका लागि कोसँग सहकार्य गर्नेलगायतका विषयमा जसपाले आजको संसदीय दलको बैठकमा छलफल गर्ने कार्यक्रम छ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने बिरामी भएकोले बैठकमा सहभागी छैनन्।

तत्कालीन संघीय समाजवादी र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बन छन्।

प्रकाशित: Mar 09, 2021| 08:03 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।