सोमबार, जेठ २०, २०८२

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो 

कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको शव भेटिएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

सुर्खेत– कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको शव भेटिएको छ।

आज दिउँसो १२ बजेतिर आमा सुकी र उनका छोरा ललितको शव कर्णाली नदीमा भेटिएको घटनास्थलमै रहेका वडा नं. ३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए।

घरेलु हिंसाकै कारण आठबीस नगरपालिका–३ निमायलका एकै घरका ५ जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

कर्णालीमा हामफालेका ५ जनामध्ये ३५ वर्षीया आमा सुनिता (सुकी) बडुवाल, छोरीहरु १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको हो । कल्पना र सरिताको शव सोमबार नै भेटिएको थियो। ७ वर्षीया छोरी रजनी भने अझै बेपत्ता छन्।

बेपत्ताको स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। घरेलु हिंसाकै कारण ४ छोराछोरीसहित आमा सुकीले आत्महत्या गरेको प्रहरीको आशंका छ। यद्यपी घटनाको वास्तविकता खुल्न सकेको छैन । 

आत्महत्या गर्न बाध्य पारेको आरोपमा सुकीका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको छ।

घरेलु हिंसाका कारण छोराछोरीसहित महिलाले कर्णालीमा हाम फालेको प्रहरी आशंका, पति पक्राउ

 

प्रकाशित: Mar 09, 2021| 07:40 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।