बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बौद्ध विश्वविद्यालयलाई देवदहमा १०० बिगा जग्गा प्राप्त 

बौद्ध विश्वविद्यालयलाई देवदहमा १०० बिगा जग्गा प्राप्त 

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीमा १०० बिगा जमिन प्राप्त गरेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

बुटवल- लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीमा १०० बिगा जमिन प्राप्त गरेको छ।

मन्त्रिपरिषद्को फागुन ११ गतेको बैठकले बुद्धको मावली गाउँ देवदहमा जग्गा दिने निर्णय गरेको हो। देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वनसहितको जग्गा विश्वविद्यालयले पाएको हो।

लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तिका लागि पहल थालेको थियो।

वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिब २० करोड रकम वन मन्त्रालयलाई दिने प्रतिबद्धतापछि मन्त्रिपरिषद्ले जग्गा दिने निर्णय गरेको हो।

रुपन्देहीका जनप्रतिनिधि एवम् अर्थमन्त्री विष्णु पौडेलले विशेष पहल गर्दै वन मन्त्रालयलाई अर्थले नै सोधभर्ना गर्ने निर्णय गरेपछि विश्वविद्यालयले जग्गा प्राप्ति गरेको हो।

पौडेलले निर्वाचनमा आफ्नो घोषणा पत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए। सोही अनुरुप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ। 

बुटवल मेडिकल कलेज, लुम्बिनी बौद्ध विश्वविद्यालयको डीन कार्यालय स्थापना र पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ। बुटवल मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ। 

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले लामो मेहनतपछि देवदहमा जग्गा प्राप्ति भएको बताए। विश्वविद्यालयले अहिले तीनवटा विषयमा देवदहमै पठनपाठन शुरु गरिसकेको छ। ०६१ सालमा स्थापना भएको विश्वविद्यालय ०७१ मा मात्रै लुम्बिनीमा आएको हो।

प्रकाशित: Mar 01, 2021| 14:28 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।