शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नैतिकता भए राजीनामा दिन प्रधानमन्त्रीलाई गोकर्ण विष्टको सुझाव

नैतिकता भए राजीनामा दिन प्रधानमन्त्रीलाई गोकर्ण विष्टको सुझाव

नेकपाको दाहाल-नेपाल समूहका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली कामचलाउ भएकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन्।
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

बुटवल- नेकपाको दाहाल-नेपाल समूहका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली कामचलाउ भएकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन्।

उनले नैतिकता र इमान्दारिता भन्ने चिज नै नरहेको आरोपसमेत लगाए। दाहाल-नेपाल समूहको गुल्मी भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वमन्त्री विष्टले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे।

उनले पार्टी एकता गर्दा केपी ओलीले साढे दुई वर्ष र प्रचण्डले साढे दुई वर्ष आलोपालो सरकार चलाउने काम गरेको बताए। ‘ओलीलाई प्रधानमन्त्रीको कुर्चि सुम्पिने प्रचण्ड पदको लोभी भन्नु गलत छ’ उनले भने। 

संसारका धेरै मुलुकका सरकार प्रमुखहरुले थोरै कमजोरी भए पनि नैतिकताको आधारमा राजीनामा दिएका उदाहरणहरु धेरै रहेको नेता विष्टले बताए।

उनले माधवकुमार नेपाल बहुमतको प्रधानमन्त्री हुँदा तत्कालीन एमालेभित्रैबाट राजीनामा माग गरिएको स्मरण गरे। उनले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए पार्टी एकता पनि जोगिनसक्ने सम्भावना रहेको बताए।

शंकर पोखरेललाई दाङबाट चुनाव जित्न शुभकामना

केही दिनअघि ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेता गोर्कण विष्टलाई सडकमा पुर्याइदिन्छौँ भन्ने अभिव्यक्तिको जवाफ दिएका छन्।

‘उहाँले मप्रति हाँसोमजाक उडाए पनि दाङमा फेरि पनि चुनाव जित्न शूभकामना दिन्छु’ उनले भने। उनले आफूलाई त्यो गाली नै आर्शिवाद भएको बताए। 

प्रकाशित: Feb 27, 2021| 14:32 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।