आइतबार, जेठ १९, २०८२

ज्योति लाइफको आईपीओ फागुन २३ देखि 

ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) फागुन २३ गतेदेखि खुल्ने भएको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) फागुन २३ गतेदेखि खुल्ने भएको छ। 

कम्पनीले सय रुपैयाँ अंकित मूल्यको ६६ करोड रुपैयाँ बराबर अर्थात् ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। 

सो रकम कम्पनीको जारी पुँजीको ३० प्रतिशत हो। कम्पनीको जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँ छ। 

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि ६ लाख ६० हजार कित्ता अर्थात् ६ करोड ६० लाख रुपैयाँ बराबरको सेयर छुट्याएर बाँकी ५९ लाख ४० हजार कित्ता अर्थात् ५९ करोड ४० लाख रुपैयाँ बरारको आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो। 

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।

कम्पनीको सेयरमा फागुन २३ गतेदेनि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनी औसतमा राम्रो रहेको देखाउँछ।
 

प्रकाशित: Feb 26, 2021| 08:34 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्