काठमाडौं – स्पेनिस शीर्ष फुटबल ला लिगा अन्तर्गतकाे आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले बराबरी खेलेको छ।
घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा उसले कार्डिजविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।
बराबरीका लागि कप्तान लियोनेल मेस्सीले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए। त्यससँगै घरेलु टिमले पहिलो हाफको अग्रता बनाएको थियो।
तर, खेलको ८९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै कार्डिजका एलेक्स फार्नान्डेजले गोल गरे। यससँगै दुवै टिमले अंक बराबरी गरे।
गएरातिको बराबरीसँगै ४७ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा छ भने कार्डिज १४ औं स्थानमा छ।
आइतबार रातिकै अर्को खेलमा रियल सोसिडाडले अलाभेसविवरुद्ध ४–० गोलको जित निकालेको छ।