मंगलबार, जेठ २१, २०८२

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरु

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुुरु गरेको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं- निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ-सुर्खेत विमानस्थलमा परीक्षण उडान सुुरु गरेको छ।

काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान सुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १० बजेर ३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए।

‘चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो’, उनले भने, ‘अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला।’

उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताए।

कार्यालय प्रमुख पन्थीका अनुसार जहाजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ। रासस

प्रकाशित: Feb 08, 2021| 12:37 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।