शनिबार, जेठ १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ज्यान मार्ने उद्योग आरोपमा पक्राउ खुङ्गाका वडाध्यक्ष पुन रिहा

ज्यान मार्ने उद्योग आरोपमा पक्राउ खुङ्गाका वडाध्यक्ष पुन रिहा

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका ४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई ८० हजार धरौटीमा  रिहा गरेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

बलेवा– जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका ४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई ८० हजार धरौटीमा  रिहा गरेको छ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए। विसं  ०७६  कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए। 

जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए। 

उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुनसहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा गरेको हो।  
 
बुधबार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो। उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो। टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे। पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो। उक्त मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो। पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरित सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो। धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए।  

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए।  पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए।  

प्रकाशित: Feb 04, 2021| 06:17 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।