मंगलबार, जेठ २१, २०८२

धरानमा बन्दकर्ता र यातायात मजदुरबीच झडप

नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको बन्दको क्रममा बिहीबार बिहानै सुनसरीको धरानमा झडप भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

विराटनगर– नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको बन्दको क्रममा बिहीबार बिहानै सुनसरीको धरानमा झडप भएको छ।

भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानैदेखि प्रदर्शन गरेका थिए। एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्न खोज्दा ट्याम्पोवालालाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रदर्शनमा उत्रिएका थिए। सो क्रममा दुबै पक्षबीच झडप भएको थियो।

टायर बाल्नेक्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजेपछि मजुदरसंग सामान्य झडप भएको नेकपा संघर्ष समितिका सहसंयोजक चोत्लुङले बताए।

धरानमा बन्दको प्रभाव परेको छ।  अरू बेलाको बन्द भन्दा आजको बन्द भानुचौकमा बढी कडाइ गरिएको छ । बन्दकर्ताले सडकमा प्रदर्शन गरिरहेका छन्। धरानबाट लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेका छैनन्।

 

प्रकाशित: Feb 04, 2021| 03:05 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।