शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर र काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर र काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार शपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गरी काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार शपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गरी काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। उनका अनुसार उक्त रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ। 

‘०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नू’ भनी त्रिपाठीले रिटमा आदेश माग गरेका छन्।

संवैधानिक आयोगमा नियुक्त, शपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु भन्ने आदेश हुनुपर्ने उनको रिटमा माग गरिएको छ।

‘सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप छ,’ त्रिपाठीले भनेका छन्,‘तत्कालै रिटको सुनुवाइ भई नियुक्ति बदर गरेर काममा रोक लगाउन आदेश होस्।’
 

प्रकाशित: Feb 03, 2021| 12:52 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।