काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरुले शपथ ग्रहण गरेपछि विरोध जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको विमति रहेको बताएका छन्।
उनले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीत सर्वसत्ता उन्मुख प्रवृत्तिका विरुद्ध संघर्ष अझै घनिभूत बनाइने जनाएका छन्।
‘विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रष्ट विमति छ। क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश। २) त्यसपछिको बैठक र ३) आजको शपथग्रहण,’ उनले भनेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी।’