शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पूर्वलडाकुलाई समेट्न विशेष प्रदेश कमिटी बनाउँदै दाहाल–नेपाल समूह

पूर्वलडाकुलाई समेट्न विशेष प्रदेश कमिटी बनाउँदै दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूहले पूर्वजनमुक्ति सेनालाई पार्टी संगठनमा समेट्न विशेष व्यवस्था गर्ने भएको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले पूर्वजनमुक्ति सेनालाई पार्टी संगठनमा समेट्न विशेष व्यवस्था गर्ने भएको छ। 

सो समूहका अध्यक्ष पुष्पकमल दाहालले बहिर्गमित जनमुक्ति सेनाको राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै पूर्वजनमुक्ति सेनाको बिचल्ली भएकाले अब पार्टी संगठनमा सामेल गराएर सम्मान गरिने बताएका हुन्। 

दाहालले भने, ‘आज बिहान जनमुक्ति सेनाका तत्कालीन कमान्डरहरुबीच भएको छलफलमा यसबारे कुराकानी भएको छ। विशेष प्रदेश कमिटी बनाएर त्यसमा पूर्वजनमुक्ति सेनालाई समेट्नेछौं।’

उनले यसबाट संगठनिक दृष्टिले सबैको सम्मान हुने दाबी गरे। जनयुद्धका योद्धा, घाइते, अपांगता भएकालाई राज्यका तर्फबाट उपलब्ध गराइँदै आएको राहत वर्तमान सरकारले हटाएको भन्दै उनले आपत्ति जनाए। 

दाहालले आफूले केन्द्रमा नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाएर सबै जनमुक्ति सेनाको सम्मान गरेको बताए। 

उनले भने, ‘जनमुक्ति सेनाका सबै कमान्डरलाई पार्टी कमिटीमा संगठित गर्ने नीतिगत निर्णय गरेर सर्कुलर गरे पनि अनुगमन नहुँदा तपाईंहरुको बिचल्ली भयो।’ 

उनले उचित भूमिका दिन र ऐतिहासिक विद्रोहका योद्धालाई समाजमा स्थापित गराउन पार्टी चुकेको स्वीकार गरे। 

उनले आफू कहिले कांग्रेस र कहिले तत्कालीन एमालेसँग मिलेर प्रधानमन्त्री बन्न परेका कारण आफूले लडाकुहरुलाई सक्दो सहयोग गर्न नपाएको पनि स्वीकार गरे।

केही महिनाभित्र ओली सरकारविरुद्ध जारी आन्दोलनमा विजय प्राप्त हुने दाबी उनले गरे। त्यसपछि आफ्नो तर्फबाट पूर्वजनमुक्ति सेनलाई सक्दो राहत उपलब्ध गराइने आश्वासन पनि उनले दिए।

उनले पूर्वजनमुक्ति सेनालाई फेरि पनि आन्दोनलमा कार्यक्रममा सहभागी हुन आग्रह गरे। 

दाहालले कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय आयाम र विश्व परिस्थितिका कारण पार्टीले विद्रोह छाडेर शान्ति प्रक्रियामा आएको बताए।

उनले श्रीलंका, भारत, पेरु, कोलम्बिया, टर्कीमा भएका युद्ध आफूहरुकै अगाडि ध्वस्त पारिएपछि शान्ति प्रक्रिया आउनुको विकल्प नरहेको स्पष्ट पारे। 

दाहालले बलिदान खेर नजाने बाटो के हुन सक्छ भनेर सोचेर शान्ति प्रक्रियामा आएको स्पष्ट पारे। दाहालले भने, ‘लडाइँ त राजनीति र विचारले जितिने रहेछ भन्ने बोध भयो।’ 

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सहिदलाई सम्मानित गर्ने भनेर गरेको निर्णयलाई लुकाइएको बताए। उनले कसले लुकाएको हो भनेरचाहिँ स्पष्ट पारेनन्।

प्रकाशित: Feb 03, 2021| 09:23 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।