काठमाडौ– नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी बस्नेत चयन भएका छन्। उनी महासंघको कार्यकारीणी समिति सदस्य हुन्।
त्यस्तै समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य, सदस्यहरूमा तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर छन्।
समितिका विशेष आमन्त्रितहरुमा केशवप्रसाद घिमिरे, पृथ्वीबहादुर श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, डा. सुराज पोख्रेल, लक्ष्मीलाल राजभण्डारी, लिला बहादुर अधिकारी, राजकुमार साह, जनक खराल, रामकुमार रायमाझी, सुसन महर्जन, नारायण भुषाल, शुभाषकाजी माकाजु, ज्ञानबहादुर तामाङ, केदार बस्नेत, गोपाल प्रसाद ढकाल, चन्द्रप्रसाद सापकोटा,किरण डंगोल र हरि दाहाल छन्।
त्यसैगरी समितिका सल्लाहकारहरूमा अरुणराज सुमार्गी, भरतराज आचार्य, नरेन्द्र खड्का, सुरकृष्ण वैद्य, रञ्जितराज आचार्य, गोविन्द घिमिरे, रामकृष्ण प्रशाई, खुसनारायण सैजु र लोकविक्रम थापा छन्।
समिति विस्तार कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ। अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ। कोभिडको सबैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ। साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन्। यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययन सहित सुझाव तयार गरोस्।’