काठमाडौं– नवनियुक्त प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा मैदान उत्रिएको चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उल्भरह्याम्टनसँग गोलरहित बराबरी खेलेको छ।
चेल्सीको स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीका तर्फबाट कुनै गोल हुन सकेन्। उल्भरह्याम्टनका खेलाडीले पनि अवसरलाई गोलमा परिणत गर्न सकेनन्।
सन २०१२ मा राफेल बेनिटेजको नियुक्तिपछिको पहिलो खेलमा बराबरी खेलेयता चेल्सीले नवनियुक्त प्रशिक्षकसँग पहिलोपटक गोलरहित बराबरी खेलेको हो।
यता होम र अवे गरि उल्भरह्याम्टन चेल्सीसँग लगातार दुई खेलमा अपराजित छ। यद्यपि गएरातिको खेलमा चल्सीले उत्कृष्ट खेल प्रदर्शन गर्यो। उसले ८२० पास खेल्दा होल खेलको पोसेसन ७८.९ प्रतिशत रह्यो।
प्रशिक्षक परिवर्तन भएपछिका खेलमा चेल्सीको १७ वर्षयताकै उच्च पोसेसन र पास हो।
बुधबार रातिको बराबरीका साथै ३० अंक बनाएको चेल्सी अंकतालिकाको २० औं स्थानमा छ भने उल्भरह्याम्टन २३ अंकका साथ १३ औं स्थानमा छ।
ईपीएलकै अर्को खेलमा बर्नलीले घरेलु मैदानमा एस्टोन भिल्लालाई हराएको छ भने ब्राइटोन र फुलहामले गोलरहित बराबरी खेलेका छन्।