शुक्रबार, जेठ १०, २०८२

प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा

गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

पोखरा– गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्। 

०७६ माघदेखि ०७७ पुससम्म बैंक खातामा प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको जानकारी गराए। 

बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर उनले उनले बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको बताए। कास्की–२ (ख) बाट निर्वाचिन सांसद थापाले विभिन्न २० क्षेत्रमा सहयोग गरेका हुन्।

कार्यक्रममा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रतिनिधिसभा विघटनको विरोधमा कास्की कांग्रेसले आन्दोलन सशक्त बनाउने बताए। केन्द्रमा नेताहरुबीच दोधारे प्रवृत्ति देखिएको समाचार बाहिर आए पनि कास्की कांग्रेसले भने निरन्तर आन्दोलनमा रहेको उनको भनाइ छ।

यसैबीच, सांसद थापाले नेकपा आधिकारिक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि सरकारले धारणा बनाउने बताएका छन्। 

नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपालाई जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि उनीहरु असफल भएको टिप्पणी गरे। ‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने। 

समृद्धिको नारा दिएको नेकपा सरकारले भाषणबाहेक जनतालाई केही नदिएको उनको टिप्पणी थियो। उनले भने, ‘जनताका लागि गरिएको भनिएको राजनीतिले पटक–पटक जनतालाई दुःख दिएको छ। आज पनि व्यक्तिगत लहडको राजनीतिले जनमतमाथि जुन अपमान भैरहेको छ, यो सयौं वर्षसम्मका लागि क्षम्य हुने छैन। आन्तरिक अन्तरसंघर्षलाई देशको प्रतिष्ठासँग साट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जति विरोध गरे पनि कम हुँदैन।’ 

उनले विघटित संसद् कुनै पनि हालतमा पुनर्स्थापना हुनुपर्नेमा जोड दिए। सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेको बेला जनतालाई गफ र भाषणबाहेक केही दिन नसकेको भन्दै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा मात्र १५ प्रतिशत खर्चमात्रै भएको बताए।

प्रकाशित: Jan 27, 2021| 09:01 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।