काठमाडौं– सांगीतिक रियालीटि शो कार्यक्रम वाईवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको छ। सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउन्डबाट प्रवेश गरेका थिए।
उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरेको हो।
अडिसन राउन्डदेखि आजको दिनसम्म आफनो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेकोमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो। प्रतिभाको उच्च मूल्यांकन गर्दै वृज सिमेन्टले आवास निर्माणको लागि सहयोगको हात अगाडि बढाउन चाहेको कम्पनीले बताएको छ।
उक्त्त सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इन्डष्ट्रिजका कार्यकारी निर्देशक मोहित केडियाले गरेका थिए।