आइतबार, जेठ ५, २०८२

लागुऔषधसहित कैलालीबाट २ जना पक्राउ

प्रहरीले कैलालीको अत्तरियाबाट झण्डै २ किलो लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

धनगढी- प्रहरीले कैलालीको अत्तरियाबाट झण्डै २ किलो लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका-२, अत्तरिया बजारस्थित सुमन होटलबाट १ किलो ८५० ग्राम चरेशसहित बैतडीको पुर्चौडी नगरपालिका–७ का २५ वर्षीय महेश साउँद र कैलालीको गोदावरी नगरपालिका–१० भएका होटल सञ्चालक २९ वर्षीय ओमबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मार्दा लागुऔषध चरेश कारोबार गरिरहेको अवस्थामा साउँद र सिंहलाई पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

उनीहरुको साथबाट नगद ३७ हजार ५०० रुपैयाँसमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

प्रकाशित: Dec 28, 2020| 13:15 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।