काठमाडौं। सन्राइज बैंक लिमिटेडले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४, प्रश्वनीमा शाखारहित बैंकिङ् सेवाको सुरुआत गरेको छ।
यो सँगै बैंकको शाखारहित बैंकिङ् सेवा संख्या ५७ पुगेको छ।
यस सेवाबाट ग्राहकहरूले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ् सेवा सुरु गरेको बैंकले जनाएको छ।