काठमाडौं। कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीलाई अवार्डसहित सम्मान गरेको छ।
विद्युत् नियमन आयोग अध्यक्ष दिल्लीबहादुर सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित कम्पनीको १६औं वार्षिकोत्सव अवसरमा ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको हो।
यो वर्षको ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रदान गरिएको छ। पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापार यात्रा सुरु गरेका श्रेष्ठले आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पु¥याएको योगदानको कदर गर्दै ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्ज्वलजंग शाहले जानकारी दिए।
यो वर्ष चार जनालाई ‘कर्पोरेट बिजनेस लिडरसिप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढंगबाट २५ जनालाई ‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ।
प्रमुख अतिथि सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष शाह, उपाध्यक्ष सुष्मा महरालगायतले अवार्ड प्रदान गरे।
-1709540397.jpeg?timestamp=1709540397954)
सो अवसरमा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवाल, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रबलजंग पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीलाई ‘कर्पोरेट बिजनेश लिडरसिप अवार्ड’ प्रदान गरिएको छ।
यस्तै, यो वर्षको ‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’ अन्तर्गत पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलाई ‘बेस्ट इन्डस्ट्री अफ द इयर’, एनएमबी बैंकका सीईओ सुनिल केसीलाई ‘सीईओ अफ द इयर’, नेसनल लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स अफ द इयर’, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई ‘बेस्ट वमेन इन्टरप्रेनर अफ द इयर’ र सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङलाई ‘बेस्ट ब्रोडकास्टिङ मिडिया’ अवार्ड प्रदान गरिएको छ।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठलाई ‘बेस्ट डेभलपमेन्ट बैंक अफ द इयर’, हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहलाई ‘बेस्ट नन–लाइफ इन्स्योरेन्स अफ द इयर’, एनएमबी क्यापिटलका सीईओ दीपेशकुमार वैद्यलाई ‘बेस्ट मर्चेन्ट बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको छ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ‘बेस्ट एयरलाइन्स अफ द इयर’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेलाई ‘बेस्ट नेपाल एलपी ग्यास इन्डस्ट्री एसोसिएसन’ र मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनालाई ‘बेस्ट फाइनान्स अफ द इयर’ अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्षसमेत रहेका सुदीप इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक भक्त हमाललाई ‘बेस्ट मेडिकल सप्लायर्स’, गोल्यान ग्रुपका कार्यकारी निर्देशक अक्षय गोल्यानलाई ‘बेस्ट होटल एन्ड टुरिजम’ तथा नर्भिक हस्पिटलका सीईओ अजयकुमार मिश्रलाई ‘बेस्ट हस्पिटल अफ द इयर’ अवार्ड प्रदान गरिएको छ।
कम्पनीका अनुसार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईलाई ‘बेस्ट कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल’, फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका अध्यक्ष दिनेश अग्रवाललाई ‘बेस्ट फर्निचर अफ द इयर’ र ड्रमापर्फेक्ट स्किन लेजर एन्ड प्लास्टिक सर्जरी सेन्टर प्रालिकी डा. अर्पणा शाहलाई ‘एक्सिलेन्स इन लेजर टेक्नोलोजी’ अवार्ड प्रदान गरिएको छ।
डाबर नेपालका कन्ट्री हेड हरिकिरात सिंह वेदीलाई ‘मल्टी नेसनल इन्डस्ट्री अवार्ड, मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)का सञ्जय अग्रवाललाई ‘बेस्ट आईटी टेक्नोलोजी अफ द इयर’, मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका अध्यक्ष मोहनमान जोशीलाई ‘बेस्ट टेलर अफ द इयर’ र नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान सिंह प्रधानलाई ‘बेस्ट फिनटेक अफ द इयर अवार्ड प्रदान गरिएको छ।
-1709540427.jpeg?timestamp=1709540441449)
यसैगरी हेल्दी च्वाइस एस्थेटिक हस्पिटलका सीईओ उदीप श्रेष्ठलाई ‘बेस्ट फेसन एन्ड ब्युटी इन्स्टिच्युसन अफ द इयर’, द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेललाई ‘बेस्ट एजुकेसन सेक्टर अफ इयर’, आरओके प्रडक्ट इन्डस्ट्रिजका प्रबन्ध निर्देशक विष्णुहरि लामिछानेलाई ‘बेस्ट म्याट्रेस इन्डस्ट्री अफ द इयर र युथ थिंकर्स सोसाइटीका संस्थापक अध्यक्षसमेत रहेका चे एन्ड को प्रालिका प्रबन्ध निर्देशक चेवाङ राईलाई ‘बेस्ट योङ अन्टरप्रेनर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ।
नेपालमा जलविद्युत् आयोजना निर्माणका साथै ऐन, कानुन, नीति निर्माणलगायत विद्युत् क्षेत्र उन्नयनका लागि अनवरत रूपमा लागिरहेको तथा विद्युत् उत्पादन क्षेत्रमा हाइड्रोलोजिकल पेनाल्टीको अमिल्दो व्यवस्था हटाएर चर्चामा आएका तथा कार्यक्रममा प्रमुख अतिथि विद्युत् नियमन आयोगकका अध्यक्ष सिंहलाई विशेष सम्मान गरिएको थियो।
उनले रुग्ण जलविद्युत् आयोजनालाई तीन प्रतिशत व्याजदरमा पुनःकर्जाको व्यवस्था गरेको, विद्युत् विकासका लागि २०० प्रतिशतसम्म अग्राधिकार शेयर जारी गर्ने प्रबन्ध मिलाएकोलगायत योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको कर्पोरेट मिडियाकी बिजनेस डाइरेक्टर खत्रीले बताइन्।
कार्यक्रमका प्रायोजकमा रुपमा नबिल बैंक, एनआईसी एसिया बैंक, नेपाल टेलिकम, एभरेष्ट बैंक, गोल्यान ग्रुप, मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, फेसियल हाउस र अवरान स्किन केयरलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्जीवन बिमा कम्पनीका सीईओ र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहने गरी २०० बढी सहभागी थिए।