बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राेजगारी खाेज्‍ने र दिनेका लागि एनसेलले ल्यायो ‘जबसप’ सेवा

राेजगारी खाेज्‍ने र दिनेका लागि एनसेलले ल्यायो ‘जबसप’ सेवा

एनसेलले ‘जबसप’ सेवा सुरु गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं- एनसेलले ‘जबसप’ सेवा सुरु गरेको छ। 

यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने एनसेलले जनाएको छ। 

एनसेलले अभियान ‘अनपज’ अन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो। 

यो सेवा सुरु भएपछि अब एनसेलका ग्राहकले आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन्।

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्त्व राख्ने बताए। 

‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ,’ उनले भने, ‘हालको सुुरुआती अवस्थामा शारिरीकरूपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन्।’

सेवा कसरी सुरु गर्ने ? 

एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रूपमा यो सेवा सुरु गर्न सक्छन्।

सबभन्दा पहिला खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइल बनाउनुपर्ने हुन्छ। 

त्यस्तै कामदार खोजिरहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्ने हुन्छ।

जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकतासम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत् दैनिकरूपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जाने एनसेलले जनाएको छ। 

यो सेवा लिन इच्छुक ग्राहकले *१७१३७# डायल गरी वा एनसेल जबसप डटकम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकताअनुसार यो सेवा सुरु गर्न सक्नेछन्।

काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित ६.३८ रूपैयाँ लाग्छ र एकपटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ। 

त्यस्तै कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, एक महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुरु गर्न सक्नेछन्।

कामको खोजीमा रहेका व्यक्तिले कर सहित ३.८३ रूपैयाँमा तीन दिनको प्याक खरिद गर्न सक्नेछन्। त्यसैअनुसार प्याकको समयसीमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ। 

ग्राहकले करसहित ८.९४ रूपैयाँमा सात दिनको र करसहित ३८.३१ रूपैयाँमा ३० दिनको समयसीमा रहेको प्याक सुरु गर्न सक्नेछन्।

अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहितमात्र १५३.२२ र २२९.८४ रूपैयाँमा सुरु गर्न सक्नेछन्। 

प्रकाशित: Dec 16, 2020| 12:55 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्