आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • मनोज गजुरेलसँग बिहे गर्न लागेको समाचार आएपछि वर्षा सिवाकोटीले भनिन्– पत्रकारिता बदनाम भयो

मनोज गजुरेलसँग बिहे गर्न लागेको समाचार आएपछि वर्षा सिवाकोटीले भनिन्– पत्रकारिता बदनाम भयो

नायिका वर्षा सिवाकोटीले हास्य अभियन्ता मनोज गजुरेलसँग आफ्नो नाम जोडिएर समाचार सार्वजनिक भएपछि आक्रोश व्यक्त गरेकी छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– नायिका वर्षा सिवाकोटीले हास्य अभियन्ता मनोज गजुरेलसँग आफ्नो नाम जोडिएर समाचार सार्वजनिक भएपछि आक्रोश व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा सिवाकोटी र गजुरेलको बिहे हुँदै भनेर प्रचार गरिएपछि उनको आक्रोश व्यक्त गरेकी हुन्। यसले नेपालको पत्रकारिता क्षेत्रलाई नै बदनाम गरेको उनको तर्क छ। ‘पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ,’ उनले भनेकी छन्।

सिवाकोटीले गजुरेललाई आफूले सधैं सम्मान गर्ने गरेको बताएकी छन्। ‘आदरणिय सर मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ। मेरो उहाँप्रति सम्मान सधैं उचो नै छ। हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?’ उनले भनेकी छन्, ‘कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो।’

केही समयअघि सम्बन्ध विच्छेद भएका मनोज गजुरेलले हालै एक टेलिभिजन अन्तर्वार्तामा आफूले केही समयमै दोस्रो बिहे गर्न लागेको जनाउ दिएका थिए। वर्षा सिवाकोटी भने अविवाहित हुन्। 

प्रकाशित: Dec 14, 2020| 07:18 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्