सोमबार, जेठ २०, २०८२

अल्कोहलको नशामा फसेका जो: जसले आफ्नो जीवनलाई ट्रयाकमा फर्काए

खेलाडी जीवनका अन्धकार दिनमा जब जो खेल समय र गोलका लागि संघर्ष गरिरहेका थिए- उनी तनाव भुल्न मदिरा पिउने गर्दथे।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

खेलाडी जीवनका अन्धकार दिनमा जब जो खेल समय र गोलका लागि संघर्ष गरिरहेका थिए- उनी तनाव भुल्न मदिरा पिउने गर्दथे।

काठमाडौं– ‘जो’ ले जब पिउन छाडे, उनले रोनाल्डिन्होसँग धेरै समय बिताउन पाएनन्। 

जो अर्थात् जोआ अल्भेस अनि रोनाल्डिन्हो अर्थात् विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर।

‘हामी त्यसपछि अलग-अलग भयौं,’ जोले एक टिभी कार्यक्रममा भने, ‘त्यसपछि धेरै समयसम्म हामी बोलेनौँ।’

एक समय उनीहरू धेरै नजिक थिए। उनीहरू ब्राजिलियन क्लब एट्लेटिको मिनेरियोका टिममेट मात्र थिएनन् राम्रा साथी पनि थिए।

‘केही साथी लामो समयका लागि हुँदैनन्। किनभने मैले मेरो जिउने शैली परिवर्तन गरेको थिएँ,’ आफ्नो अनुभव सुनाउँदै जो भन्छन्, ‘यो थाहा पाएर कि अल्कोहलले आफैंलाई मार्छ।’

विगतलाई नियाल्ने हो भने जो २०१३ सम्म विश्व फुटबलमा चम्किएका तारा थिए- अ ग्लोबल स्टार।

ब्राजिलले कन्फेडेरेसन कपमा विजय हासिल गरेकै वर्ष जोले पनि राष्ट्रिय टिममा स्थान बनाएका थिए। यो त्यतिबेलाको कुरा हो, जब उनको क्लब एट्लेटिकोले कोपा लिब्रिटेडर्सको उपाधि पनि जितेको थियो। र, क्लब प्रतिस्पर्धामा उनले सात गोल गरेका थिए।

ब्राजिलको टिमबाट विश्वकप छनोटमा पनि उनले महत्त्वपूर्ण भूमिका खेले। तर, २०१४ को विश्वकपका धेरै खेलमा उनी बेञ्चमै रहे। तीन खेलमा मात्र देखिएका उनले माात्र एक गोल गरे। त्यसपछि त हो उनले मदिराको सहारा लिन खोजेको। 

‘विश्वकपपछि म एट्लेटिको फर्किएँ र त्यसपछि मेरो खराब समय सुरू भयो,’ उनले भने, ‘मैले राम्रोसँग खेल्न सकेको थिइनँ र श्रीमतीबाट पनि टाढिएँ। म बाहिरै धेरै बसेँ र धेरै गल्ती पनि गरेँ।’

यसका धेरै कारणमध्ये यो पनि हुन सक्छ कि सायद उनले सानै उमेरमा ब्राजिल छोड्न पुगे। वयस्क हुँदै थिए, १८ वर्षमै रसियातर्फ मोडिए। र, सीएसकेए मस्कोको एक क्लबमा स्थान बनाए।

उनले आफ्नो सानदार प्रदर्शनबाट रसियन क्लबमा ७७ खेलबाटै ४४ गोल गरे। साथै च्याम्पियन्स लिग २००७ को समूह चरणअन्तर्गतको खेलमा इन्टर मिलानविरुद्ध सनसनीपूर्ण गोल गरे।

त्यसपछि उनलाई युरोपियन क्लबले पछ्याउन थाले। त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर सिटीमा प्रशिक्षक थिए, मार्क ह्युघेस। जोको प्रदर्शनले उनी लालायित थिए। त्यसैले उनलाई भित्र्याउन २५ मिलियन अमेरिकी डलर खर्च गर्न पनि पछि परेनन्।

जो त्यतिबेला मात्र २१ वर्षका थिए।

‘उनी उत्कृष्ट खेलाडी हुन्। मलाई लाग्छ उनको प्रदर्शन हेर्न सबै लालायित हुनेछन्,’ जोलाई अनुबन्ध गरेपछि वेल्स प्रशिक्षक ह्युघेसले भनेका थिए।

उनको बारेमा धेरै चर्चा मिडियामा सुनिए, ब्राजिलमा पनि मानिसहरू उनलाई खुलेर प्रशंसा गरिरहेका थिए। उनीमाथि क्लब र समर्थकको आशा धेरै थियो। उनको कौशलता देखेरै क्लबमा भित्र्याएको प्रशिक्षक ह्युघेसको पनि दाबी थियो।

‘मलाई म्यानचेस्टर सिटी अघि बढ्दै गरेको क्लब हो भनिएको थियो,’ जोले क्लबमा अनुबन्ध हुँदाका क्षण सम्झिए। त्यो सिजन इंग्लिस क्लबमा जोको उपस्थिति आशलाग्दो भएको सबैले अनुमान गरे।

त्यही सिजन आबुधाबी युनाइटेड ग्रुप फर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्टले सिटीको स्वामित्व ग्रहण गर्‍यो। धेरै परिवर्तन भएको सिजनमा उनको सुरूआत भने सजिलो भएन।

९ खेलमा बल्लबल्ल एक गोल गर्न सके। सिजनका २१ खेलमा उनी सहभागी भए पनि एक गोल मात्र गर्न सके। 

सिजन सकिएपछि प्रशिक्षक ह्युघेसले उनलाई लगातार खेलमा उपस्थित गराउन सके खेल राम्रो हुने आशाले उनलाई दिएको चान्स व्यर्थ भएको अनुमान लगाए।

त्यसैले सिटीले उनलाई अर्को सिजन एभर्टन पठायो। जहाँ १२ खेलबाट पाँच गोल गरे। पहिलो सिजन केही राम्रो देखिए पनि दोस्रो सिजनमा एकै गोल गर्न सकेनन्।

प्रिमियर लिगका प्रशिक्षक उनले रसियामा गरेजस्तै प्रदर्शन इंग्लिस क्लबमा पनि हेर्न चाहन्थे। तर, जोले राम्रो प्रदर्शन गर्न सकेनन्। राम्रो खेलाडीलाई चान्स दिएको भन्दै ह्युघेसले खुसी व्यक्त त गरे तर यो उनको भित्री भाव थिएन।

सिटीको चौथो सिजनमा उनी लोनमा टर्किस क्लब पुगे। त्यहाँ पनि उनले १५ खेलमा तीन गोल मात्र गरे। त्यसपछि सिटी फर्किएका उनले खेलमा खासै मौका पाएनन्।

सिटीसँगको सम्झौता सकिएपछि उनी ब्राजिल फर्किए। ब्राजिलको इन्टरनेसनल क्लबमा फर्केपछि पनि उनको प्रदर्शन उस्तै रह्यो। ३६ खेलमा ६ गोल गरे। र, अर्को क्लब एट्लेटिको मिनेरियोमा पुगे।

एट्लेटिकोमा उनी उकालो चढ्दै थिए। तर, २०१४ को विश्वकपपछि उनी नियन्त्रणबाहिर पुगे। यो देखेर क्लबले उनलाई अस्थायी रिलिज दियो।

एक वर्ष उनले त्यसै बिताए। २०१५ ले उनको खेल जीवनमा बहार लिएर आयो। 

त्यो वर्ष उनको टिमले एक प्रतियोगिता जित्दा जोले उत्कृष्ट प्रदर्शन गरे। यसले उनी अझै पनि राम्रो प्रदर्शन गर्न सक्ने कुरा प्रमाणित गर्‍यो।

त्यसपछि उनले चाइनिज, यूएई, जापानिज र स्वदेशी लिगको मजा लिए, जहाँ उनले फुटबलमा पुनर्जीवनसमेत पाए। नशाको अनियन्त्रणले गुमेको फिनिसिङ टच पुनः फिर्ता पाए।

आफ्नो करिअर पुनः सही बाटोमा आएपछि २०१७ मा उनी वोइवुड क्लब कोरिन्थियनमा फर्किए। जहाँ ६१ खेलमा २५ गोल गरे। उनकै सहयोगमा क्लबले लिगमा उत्कृष्ट प्रदर्शन पनि गर्‍यो।

त्यसपछि उनले जापानको जे लिग खेले। त्यहाँ पनि स्वर्णिम पल बिताए। ३३ खेलमा २४ गोल गरे।

फुटबलमा उनले पाएको पुनर्जीवनका कारण उनी विश्व फुटबलको उदाहरणीय पात्र बनेका छन्।

जीवनको गतिहीन समयमा उनी बिहानै मदिरा पिउन चाहन्थे तर, जब उनले कोरिन्थियनलाई सिरी ए जिताए, त्यो सिजन उनले एक थोपा पनि मदिरा पिएनन्।

‘मलाई थाहा थियो मैले विगतमा गल्ती गरेको छु,’ उनले भने, ‘पहिले मलाई यो कुरा थाहा थिएन। तर, अहिले मैले आफ्नो जीवनको शान्ति फिर्ता पाएको छु।’

जोले अहिले केही साथी त गुमाएका छन् तर, जीवनको मूल्य बुझेका छन्। र, कोरिन्थियन क्लबबाट फुटबलको मजा लिइरहेका छन्। फुटबल डटकमबाट

प्रकाशित: Dec 07, 2020| 13:41 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।