विराटनगर– प्रदेश १ मा ७८ दशमलव ५५ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार सम्म २४ हजार २० जना संक्रमित मध्ये १८ हजार ८६८ जना डिस्चार्ज भएका छन्।
संक्रिय संक्रमितको संख्या ५ हजार ६०३ रहेको छ। संक्रिय संक्रमित मध्ये ५ हजार ४५० होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ७४० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ७३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमितको संख्या २४ हजार २० पुगेको छ।
प्रदेश १ मा मंगलबार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।