मंगलबार, जेठ २८, २०८२

मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार वातावरण तथा विकास केन्द्रमार्फत मुगु जिल्ला अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

मुगु– ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार वातावरण तथा विकास केन्द्रमार्फत मुगु जिल्ला अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

शनिबार आयोजित एक कार्यक्रममा ती स्वास्थ्य सामग्री जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाय र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेल र साझेदार संस्थाका अध्यक्ष राजु कार्कीद्वारा हस्तान्तरण गरिएको हो ।  

संस्थाले पोर्टेबल एक्सरे मेशिन १ थान, बेन सर्किट्स १० थान, पोर्टेबल युएसजी मेशिन १ थान, इनफ्युजन पम्प १ थान, सिरिन्ज पम्प १ थान र प्यासेन्ट मोनिटर ५ थान प्रदान गरेको छ ।

कोभिड–१९ एवं गम्भिर प्रकृतिका रोग र शारीरिक समस्याको उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब रु. २५ लाख बराबरका यी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। ब्याक टु लाइफले ह्रेन्डेक संस्थामार्फत मुगु अस्पतालमा निकट भविष्यमै करिब रु. ८० लाखको लागतमा अक्सिजन प्लान्ट जडान गर्ने र त्यसको लागि साझेदार संस्थामार्फत खरिद प्रकृया सुरु भइसकेको हस्तान्तरण कार्यक्रममा ह्रेन्डेकका अध्यक्ष राजु कार्कीले जानकारी गराए। 

जिल्ला अस्पतालका प्रमुख ज्ञानसिं बूढाले अस्पताललाई अत्यावश्यक सामग्री प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै यी सामग्रीको यथोचित प्रयोगले मुगुका जनताले स्तरीय स्वास्थ्य सेवा पाउने जानकारी गराए । 

ब्याक टु लाइफ जर्मन आइएनजीओ हो। यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ। 

ब्याक टु लाइफले मुगु जिल्लामा विद्यालय भवन निर्माण, बर्थिंग सेन्टर निर्माण तथा संचालन, ग्रामिण खानेपानी, स्कुल शिक्षा छात्रवृति, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिविर आदि कार्यक्रम संचालन गर्दै आएको छ।

प्रकाशित: Sep 27, 2021| 11:20 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।