आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लक्षण देखिएकालाई मात्रै कोरोना परीक्षण गर्ने मन्त्रालयको प्रस्तावप्रति विज्ञको आपत्ति

लक्षण देखिएकालाई मात्रै कोरोना परीक्षण गर्ने मन्त्रालयको प्रस्तावप्रति विज्ञको आपत्ति

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।

मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँग ‘क्लोज कन्ट्याक’ मा रहेका व्यक्तिमा लक्षण नदेखिए पीसीआर गर्नु नपर्ने प्रस्ताव गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको आइतबारको बैठकले मन्त्रिपरिषद् पठाउन गरिएकाे निर्णयमा यस्तो प्रस्ताव गरिएको हो।

प्रस्ताव नंं. ८ मा भनिएको छ, ‘चिह्न वा लक्षण देखिएका व्यक्तिको मात्र उपचार व्यवस्थापन गर्ने।’

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले लक्षण देखिएका व्यक्तिमा मात्रै परीक्षण गर्दा संक्रमण झनै फैलने बताए।
८० प्रतिशत मानिसलाई संक्रमित भए पनि कुनै लक्षण नदेखिने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ।

डा. मरासिनीले भने, ‘लक्षण नदेखिएका व्यक्तिलाई पीसीआर परीक्षण आवश्यक पर्दैन भन्नु गलत निर्णय हो।’

लक्षण नदेखिएका मानिसलाई कोरोना परीक्षण नगर्दा भयावह अवस्था आउन सक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्।

उनले भने, ‘यस्तो निर्णय गर्नु पीसीआर परीक्षण गर्न वा कन्ट्याक ट्रेसिङ गर्न छोडिदिन्छु भनेको हो।’ नेपालमा भन्दा धेरै जटिल अवस्थामा भएका देशले पनि यस्तो निर्णय गरेको छैन।

डा. सुवेदीले भने, ‘पीसीआरलाई कसरी सस्तो बनाउन सकिन्छ भन्ने जानकारी पनि मन्त्रालयलाई छ। परीक्षण गर्न छोडिदिन्छौं भन्ने नीति एकदमै गलत हो।’

मन्त्रालयले क्याबिनेटमा पठाउन लागेको प्रस्ताव स्वीकृत भएमा नियन्त्रण गर्नै नसक्ने अवस्था आउने डा. सुवेदी बताउँछन्। कोरोनाका कारणले मृत्युदर इन्फुएन्जाभन्दा २० प्रतिशत बढी भएकाले जस्तो अवस्थामा पनि नियन्त्रण प्रयास छोड्न नमिल्ने उनले बताए।

सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्ने क्षमता रहेको बताइएको छ। तर अहिलेसम्म दैनिक बढीमा १३ हजारको परीक्षण गर्न सकिएको छ।

पछिल्ला दिनमा दैनिक १० हजार हाराहारीमा परीक्षण हुन थालेको छ। विज्ञहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने संक्रमित व्यक्तिसँग अर्को व्यक्ति क्लोज कन्ट्याकमा भए पनि उसमा पीसीआर परीक्षण आवश्यक नपर्ने बताए।

विज्ञहरूका अनुसार लक्षण नभएका मानिसलाई परीक्षण नगर्दा उक्त व्यक्तिलाई आफू कोरोना पोेजेटिभ छु भन्ने जानकारी हुँदैन। यसबाट झन् संक्रमण फैलन सक्छ।

मन्त्रालयले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको उपचार निःशुल्क गर्ने र अन्यको उपचार आफ्नै खर्चमा गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने तयारी गरेको छ।

यस्तै ‘विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने’ प्रस्ताव मन्त्रालयको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने यी विषय छलफलका क्रममा रहेको बताउँछन्। उनले भने, ‘छलफलकै क्रममा रहेकाले मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र यो लागू हुने हो।’

जनस्वास्थ्यविद् डा. मरासिनी आफ्नै खर्चमा उपचार गर्नुपर्छ भन्ने भएपछि नागरिक सचेत हुन सक्ने बताउँछन्। तर यस्तो निर्णय गर्ने अहिले उपयुक्त समय नभएको उनको भनाइ छ।  

मन्त्रालयले १२ वटा प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजान लागेको छ।

प्रकाशित: Sep 15, 2020| 12:54 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।