सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • डायलसिसका नाममा दोहोरो शुल्क नलिन अस्पतालहरूलाई संसदीय समितिको निर्देशन

डायलसिसका नाममा दोहोरो शुल्क नलिन अस्पतालहरूलाई संसदीय समितिको निर्देशन

मिर्गौलाका बिरामीको डायलसिसका नाममा अस्पतालले दोहोरो शुल्क लिइरहेको भन्दै संसदीय समितिले त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काडमाडौं– मिर्गौलाका बिरामीको डायलसिसका नाममा अस्पतालले दोहोरो शुल्क लिइरहेको भन्दै संसदीय समितिले त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। डायलसिसका नाममा अस्पतालहरुले लिने दोहोरो शुल्क रोक्न अनुगमन प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको हो। 

डायलसिसका बिरामीको लागि जाने खर्च पनि अस्पताललाई दिइने र अस्पतालले बिरामीबाट पनि पैसा लिने हुँदा अस्पतालले दोहोरो शुल्क लिने गरेको समितिमा जानकारी गराइएको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा महाशाखा प्रमुख गुणराज लोहनीले डायलसिसको गुणस्तर पनि सुधार गर्नुपर्ने बताए।

डायलसिसको बारेमा अनुगमन फितलो भएको उनले स्वीकार गरे। समिति सदस्य पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारिले सूचीकृत निजी अस्पतालले सरकार र बिरामीबाट दोहोरो पैसा असुलेको भन्दै नियमन जरुरी रहेको बताए। स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५ हजार ७९७ जनाले देशभरका अस्पतालबाट डायलसिस सेवा लिइरहेका छन्।


प्रकाशित: Sep 22, 2021| 15:17 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।