काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा पाँचौ हार बेहोरेको छ।
शनिबार रातिको खेलमा जमैकाले बार्बाडोस ट्रिन्डेन्टसँग ७ विकेटको हार बेहोरेको हो।
टस जितेर ब्याटिङ सम्हालेको जमैकाले निर्धारित २० ओरभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमै तीन विकेट गुमाएर १६५ रन बनाउँदै खेल जित्यो।
बार्बाडोसका लागि जासन होल्डरले २ छक्का र ९ चौकाको सहारामा ६९ रनको अर्धसतकिय पारी खेले।
साथै जोनाथन कार्टलर र माइकल सान्टनलरले अविजित रहँदै ४२ र ३५ रन बनाए। जमैकाका तर्फबाट लामिछानेसहित ओसाने थोमस र प्रिस्टोन म्याक्विनले १–१ विकेट लिए।
पहिलो इनिङमा जमैकाका जर्माइन ब्ल्याकवुडले ७४ रन जोडे भने आन्द्रे रुसेलले ५४ रन जोडे।
यसबाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन। यता बार्बाडोसबा जोसुवा बिशहोप, होल्डर, राशिद खान र हयदेन वान्शले समान १–१ विकेट लिए।