आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस बैतडीमा देउवा समूहको प्यानल घोषणा, सभापतिमा शिवराज भट्टको उम्मेदवारी

कांग्रेस बैतडीमा देउवा समूहको प्यानल घोषणा, सभापतिमा शिवराज भट्टको उम्मेदवारी

संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - नेपाली कांग्रेसको आसन्‍न १४ औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्व चयनका लागि संस्थापन (देउवा) समूहले आफ्नो प्यानल घोषणा गरेको छ।

रामचन्द्र पौडेल समूहले यसअघि नै सभापतिका लागि चतुरबहादुर चन्दलाई अघि सार्दै प्रचारप्रसार गरिरहेको अवस्थामा सोमबार संस्थापन पक्षले पनि आफ्नो प्यानल घोषणा गरेको हो। 

संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।

जिल्ला सचिवमा भने रमेश भण्डारी र कर्ण बोहराले उम्मेदवारी दिने पक्का भएको छ। यसैगरी उपसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ। संस्थापन पक्षमा एकै हैसियतका नेताहरू धेरै भएकाले उम्मेदवार छनोट गर्न ढिलाइ भएको नेताहरूले बताएका छन्। 

यसैबीच आसन्‍न जिल्ला अधिवेशनमा पूर्वसभापति शिवराज भट्ट र वर्तमान उपसभापति चतुरबहादुर चन्दको प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। 

बैतडी जिल्ला वर्तमान सभापति नरेन्द्रसिंह थापा चन्दको प्यानलमा भएकाले जिल्लाका लागि आफ्नो प्यानललाई संस्थापन समूह भनेको छ। चन्द प्यानलले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय गोठलापानीमा प्यानल घोषणा गर्ने तयारी गरेको छ। देउवा समूहले सोमबार जिल्लाको दोगडाकेदारमा आफ्नो प्यानल घोषणा गरेको हो। 

दुवै प्यानलले सहमतिको सम्भावना रहेको बताए पनि निर्वाचन भएमा आफ्नो प्यानल बहुमतका साथ विजय हुने बताइरहेका छन्। संस्थापन समूहले आफ्नो पक्षमा ७० प्रतिशत आउने दाबी गरेको छ। 

बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ। 

प्रकाशित: Sep 20, 2021| 21:29 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।