सोमबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलले गरायो भारी वर्षा

नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलले गरायो भारी वर्षा

अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन्।

उनका अनुसार अहिले वाग्मती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघ गर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको छ । साँझ पछि केही कम हुने र राति फेरि अर्को बादल विकसित भई मनसुनी वर्षा गराउनेसमेत उनले बताइन्।

कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक दुई स्थानमा वर्षा भएको छ ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको हुने र उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रकाशित: Aug 18, 2020| 15:36 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।