काठमाडौं– चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवाहरु बन्द गरिएको छ।
अस्पतालले सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरिएको जनाएको हो।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।
अत्यावश्यक सेवा भने सम्बन्धित विभागका बहिरंग विभागबाट प्राप्त हुने अस्पतालले जनाएको छ।