शुक्रबार, जेठ १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सर्वोच्चलाई बारको आग्रह

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सर्वोच्चलाई बारको आग्रह

विभिन्न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई आग्रह गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं- विभिन्न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई आग्रह गरेको छ।

बारले बिहीबार सर्वोच्च अदालतलाई पत्र लेख्दै भदौ १ देखि १५ दिनसम्मका लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम गर्नुपर्ने कामबाहेक अन्य सेवा प्रवाह तथा मुद्दाका सुनवाई स्थगित गर्ने व्यवस्था गर्न आग्रह गरेको हो।

बारले विज्ञप्तिमा भनेको छ, ‘सर्वोच्च अदालतलगायत धेरै जिल्ला तथा उच्च अदालतहरुमा पनि संक्रमणको असर परिरहेको, केही माननीय न्यायाधीशज्युहरु नै संक्रमित भएको, केही कर्मचारी, सवारी चालक, पिएसओसमेत संक्रमण भई सम्बद्ध माननीय न्यायाधीशज्युहरु होम क्वारेन्टिन र आइसोलेसनमा रहनुभएको जानकारी विभिन्न माध्यमबाट आएको, उपत्यकामा नै केही कानून व्यवसायी र निजका परिवारका सदस्यमा समेत संक्रमण देखा परेको तथा अदालतका म्याद सूचना तामेल गर्न जाने कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएकोले १५ दिनलाई अत्यावश्यक बाहेकका सेवा स्थगित गर्न उपयुक्त देखिएको हुँदा सोही बमोजिम गर्दा आग्रह गरिन्छ।’

यसअघि प्रदेश २ मा न्यायाधीशरुलाई कोरोना संक्रमण देखिएको थियो। सरकारले बिहीबारदेखि लागु हुने पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। त्यसैगरी सरकारी नम्बर प्लेटबाहेकका सवारी नचलाउन निर्देशन दिएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ। बिहीबारमात्रै ५२५ कोरोना संक्रमित थपिएका छन् भने हालसम्म मृत्यु हुनेको संख्या ९५ पुगिसकेको छ।

प्रकाशित: Aug 13, 2020| 19:15 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।