सोमबार, जेठ २०, २०८२

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज ३१५ जना थप

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित थप भएसँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित थप भएसँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९८३ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

अहिले देशका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ११ हजार ५३३ रहेको छ।

पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ जना रहेको छ।

हाल मुलुकमा ५ हजार ३३८ सक्रिय संक्रमित रहेका छन्। जसमा प्रदेश नं. १ मा २२५ जना, प्रदेश नं. २ मा २ हजार ६६ जना, बागमती प्रदेशमा ५७५ जना गण्डकी प्रदेशमा ३२३, प्रदेश नं. ५ मा ३८७ जना, कर्णाली प्रदेशमा २९७ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६७५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Aug 01, 2020| 16:30 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।