बैंकिङ कसुरमा २४ लाख जरिवाना सुनाइएका लोहनी पक्राउ
पक्राउ पर्नेमा नुवाकोट थानापति घर भई ललिपुर–१४, तिखिदेवल बस्ने ४३ वर्षीय पारस लोहनी छन्। उनलाई अदालतले २०७६ माघ २९ गते २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवानको फैसला सुनाएको थियो।
फरार रहेका लोहनीलाई काठमाडौंको मातातिर्थमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ।
लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।