काठमाडौं– कोरोना भाइरसको महामारीका कारण प्रभावित क्षेत्रले बैंकलाई तिर्नुपर्ने साँवा र ब्याज भुक्तानीको समय थपिने भएको छ।
आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमार्फत् कोरोनाका कारण सामान्य, मध्यम र अति प्रभावित गरी तीन प्रकारको समायावधि थप हुने भएको हो।
२०७७ असार मसान्तसम्म समयावधि रहेका अल्पकालीन कर्जा पुस मसान्तसम्म नवीकरण गर्न सकिनेछ।
त्यसैगरी यो असारमा म्याद सकिएका सामान्य प्रभावित उद्योग तथा क्षेत्रले आगामी पुससम्मको लागि साँवा, ब्याज भुक्तानीको समय पाउनेछन्।
त्यसैगरी असारमै म्याद सकिएका मध्यम प्रभावित क्षेत्रले आगामी चैत मसान्तमा र अति प्रभावित क्षेत्र तथा उद्योगले ७८ असार मसान्त अर्थात् एक वर्ष समय बढी पाउनेछन्।
पुनस्र्थापित उद्योग र पर्यटन उद्योगले भने आवश्यकता अनुसारको समय थप पाउने भएका छन्।