बुधबार, जेठ ८, २०८२

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

पछिल्लो २४ घण्टामा ३५ हजार ४ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय पुगेको हो ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ४ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय पुगेको हो ।

लकडाउन खुकुलो भएपछि तिब्र गतिमा फैलिएको कोरोनाबाट पछिल्लो केहि हप्ता यता भारतमा हरेक दिन २५ देखि ३५ हजार व्यक्ति संक्रमित हुने गरेका छन् ।

पछिल्लो एक हप्तामा मात्रै भारतमा २ लाख १० हजार ७ सयभन्दा धेरै संक्रमित थपिएका छन् । एक महिनाको अवधिमा ६ लाख ५१ हजार ७ सय जना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुकुलो हुनु अघि भारतमा दैनिक २ देखि ३ हजार ब्यक्ति कोरोनाबाट संक्रमित हुने गरेका थिए । जनताको दैनिकी असहज भएको र अर्थतन्त्र चौपट भएको भन्दै लकडाउन खोलेसँगै संक्रमण तिब्र गतिमा फैलिएको दैनिक भाष्करले लेखेको छ ।

दैनिक ज्यालादारी गर्ने मजदुर वर्ग र खुद्रा व्यापारीहरु कोरोनाको उच्च जोखिममा छन् । समुदाय स्तरमा तिब्र गतिमा फैलिएको कोरोना रेल र सार्वजनिक यातायातका माध्यमबाट झनै बढि फैलिएको पाइएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १० लाख ५ हजार ६ सयभन्दा धेरै संक्रमित भएका छन् भने २५ हजार ६ सय ९ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 17, 2020| 08:53 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।